१ जेष्ठ २०८२, बिहिबार | Fri May 16 2025


हालै परीक्षण गरिएको क्षेप्यास्त्र ठूलो परमाणु हतियार बोक्ने क्षमताको : उत्तर कोरिया


0
Shares

आइतबार गरिएको सो क्षेप्यास्त्रको परीक्षण सफल भएको जनाउँदै उत्तर कोरियाले यस्तो दाबी गरेको छ । उत्तर कोरियाली सरकारी संचारमाध्यमका अनुसार उक्त क्षेप्यास्त्र नयाँ प्रकारको रकेटजस्तै हो, जसले परमाणु हतियार बोक्न सक्छ ।

उक्त क्षेप्यास्त्र दुई हजार किलोमिटरको उचाईसम्म पुगेको बताइएको छ । उक्त क्षेप्यास्त्र जापानको समुद्री क्षेत्रमा खसेको थियो ।

उत्तर कोरियाले सोमबार जनाएअनुसार परीक्षण गरिएको सो क्षेप्यास्त्रको उद्देश्य ‘नयाँ विकसित ब्यालेस्टिक रकेटको क्षमता’ मापनका लागि थियो । (एजेन्सी)