Logo ३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026


ट्वीटर डाउन !


0
Shares

डेलीमेल अनलाइनले विश्वभरबाट ट्वीटरको वेबसाइट र मोबाइल एप्लिकेसन नचलेको खबरहरु प्राप्त भएको उल्लेख गरेको छ ।

ट्वीटर प्रयोगकर्ताहरुले साइट र मोबाइल एप्लिकेसनबाट आफ्नो ट्वीट अपडेट गर्न खोज्दा ‘केहि प्राविधिक कठिनाइका कारण समस्या भएकोे छ, जानकारीका लागि धन्यवाद, हामी यस समस्यालाई समाधान गर्न लागिरहेका छौं, छिट्टै सामान्य अवस्थामा फर्कने छ’ भन्ने सन्देश देखापर्ने गरेको छ ।

यो समस्या बेलायत, स्पेन, नेदरल्यान्डस्, जापान, अमेरिका र फ्रान्सका केहि भागमा देखापरेको छ ।

यस्तो समस्या नेपाली समयअनुसार शुक्रबार (आज) बिहान ११ बजेर ३ मिनेटबाट देखिन सुरु भएको जनाइएको छ ।

ट्वीटर प्रयोगकर्ताहरुले यस समस्यालाई लिएर चिन्ता व्यक्त गरेका छन् ।

ट्वीटरमा अपडेट गर्नमात्र समस्या नभएर कतै रिट्वीटले काम नगरेको, कतै प्रत्यक्ष सन्देश पठाउन समस्या देखिएको त कतै मेन्सनसमेत गर्न समस्या देखिएको छ ।

ट्वीटरले माइक्रोब्लगिङ साइटलाई थप व्यवस्थित बनाउन गोप्यता तथा व्यक्तिगत निगरानीमा केहि सुधार गर्दा समस्या देखिएको जनाएको डेलीमेलले उल्लेख गरेको छ ।