
नेपाली महिला फुटबल टोली दुई वटा मैत्रीपूर्ण खेल खेल्न गत शुक्रबार मलेसिया पुगेको हो ।
मलेसियाको कोटा किनाबालुस्थित सबाव रंगशालामा नेपाल र मलेसियाबीचको पहिलो मैत्रीपूर्ण खेल नेपाली समय अनुसार आज साँझ सवा ८ बजे सुरु हुनेछ ।
नेपालले गत वर्षको पुसमा घरेलु मैदानमा भएको मैत्रीपूर्ण खेलमा मलेसियालाई १–० ले पराजित गरेको थियो ।
आज मलेसिया विरुद्ध मैदानमा उत्रिने नेपाली टोलीमा गत डिसेम्बरमा भारतमा सम्पन्न साफ च्याम्पियनसिपमा रहेका खेलाडीमध्ये एक खेलाडीमात्र परिवर्तन गरिएको छ ।
यस पटक साफ खेलेकी आर्मी क्लबकी दिपा अधिकारीलाई टिममा राखिएको छैन ।
चोटका कारण पछिल्लो १ वर्षदेखि टोलीमा नरहेकी मिडफिल्डर सजना रानाले भने टोलीमा पुनरागमन गरेकी छन् ।
साउथ इस्ट एसियन कपको तयारीमा रहेको मलेसियाले अभ्यास स्वरुप नेपालसँग दुईवटा मैत्रिपूर्ण खेल खेल्न लागेको हो ।
साउथ इस्ट एसियन च्याम्पियनसिप आगामी अगस्ट १५ देखि ३० सम्म मलेसियामै आयोजना हुँदैछ ।
प्रतिक्रिया दिनुहोस्