१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


भारतीय एयर फोर्सका १४ आरोही लिएर धौलागिरि हिमाल गएका नेपाली पथ प्रदर्शक बेपत्ता


0
Shares

                                                                 प्रतीकात्मक तस्वीर

धौलागिरि गाउँपालिका– ४ मुदीमा पर्ने धौलागिरि आधार शिविरबाट सोलुखुम्बुको चौंरीखर्क– ३ का ३० वर्षीय आङनिमा शेर्पा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

आइतबार साँझदेखि सम्पर्कविहीन शेर्पाको स्थलगत र हेलिकप्टरमार्फत खोजी तीव्र बनाइएको प्रहरी नायब उपरीक्षक वसुन्धरा खड्काले बताए ।

हिमालयन एक्पिडिसिनमार्फत भारतीय एयर फोर्सका १४ आरोहीको टोलीको पथप्रदर्शकका रुपमा शेर्पा धौलागिरिमा गएका थिए । आरोहणमा गएका भारतीय टोली भने सुरक्षित रहेको प्रनाउ खड्काले बताए । (रासस)