
प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको सत्तारुढ र प्रमुख प्रतिपक्षी दलको बैठकमा एमालेले आफ्नो सहमतिबिनै स्थानीय तहमा संख्या बढाइएकोमा असन्तुष्टि जनाएको हो ।
बैठकपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई हराउने उद्देश्यले मनपरीरुपमा स्थानीय तहको संख्या बढाएको आरोप लगाए ।
सत्तारुढ दलका नेताहरुले भने मधेसी दललाईसमेत सहभागी गराएर जेठ ३१ गतेको दोस्रो चरणको स्थानीय तह निर्वाचन सम्पन्न गर्न संख्या बढाइएको प्रस्टीकरण दिएका छन् ।
उपप्रधान एवं स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारले संख्या थपघट गर्ने अधिकार सरकारको भएको भन्दै यसमा एमालेलेसमेत समर्थन गरेको बताए ।
बैठकमा बजेटका विषयमासमेत दलहरुबीच छलफल भएको छ । एमालेले करका दायराहरु वृद्धि नहुने र निर्वाचन प्रभावित नहुने गरी बजेट ल्याए विरोध नगर्ने जनाएको नेताहरुले दाबी गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्