Logo १३ आश्विन २०८३, मंगलबार | Wed Sep 30 2026


प्रेस काउन्सिलका अध्यक्ष बरालविरुद्ध सर्वोच्चमा रिट


0
Shares

गोकर्णेश्वर नगरपालिका–२ बस्ने ३७ वर्षीय बैकुण्ठप्रसाद भण्डारीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सूचना तथा सञ्चार मन्त्रालय, प्रेस काउन्सिल नेपाललगायतलाई विपक्षी बनाएर दायर गरेको रिट निवेदनमा बराललाई कानुनविपरीत नियुक्ति गरेको उल्लेख गर्दै बदर गर्न माग गरिएको छ ।

रिट निवेदनमा प्रेस काउन्सिल ऐन २०४८ को दफा ६(१) मा काउन्सिलको अध्यक्ष बन्न सर्वोच्च अदालतको अवकाश प्राप्त न्यायाधीश वा वरिष्ठ अधिवक्ता वा पत्रपत्रिकाको क्षेत्रमा विशिष्ट योगदान पु¥याएको व्यक्तिमध्येबाट नेपाल सरकारबाट नियुक्त व्यक्ति अध्यक्ष हुने कानुनी प्रावधानलाई बेवास्ता गर्दै बराललाई सो नियुक्ति गरेको रिट निवेदनमा उल्लेख छ ।

प्रेस काउन्सिल ऐन २०४८ को दफा ६(१) (क) को योग्यता नै नपुगेका व्यक्तिलाई नेपाल सरकार, मन्त्रिपरिषद्ले निर्वाचन आचारसंहिताको अवज्ञागरी नियुक्तिका लागि स्वीकृति प्रदान गरेकामा प्रेस काउन्सिलको अध्यक्ष पदमा स्वेच्छाचारी रुपमा र कानुनविपरीत मनोनित गरेको रिट निवेदनमा उल्लेख गरिएको छ ।

यही जेठ ४ गते मन्त्रिपरिषद्को बैठकले वराललाई प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त गरेको थियो । रासस

Skip This