२० असार २०८२, शुक्रबार | Sat Jul 5 2025


एफए कपको उपाधिका लागि आर्सनल र चेल्सी भिड्दै


0
Shares

प्रिमियर लिगका परस्पर प्रतिद्वन्द्वी यी दुई टोलीबीचको भिडन्त नेपाली समयअनुसार शनिबार राति सवा १० बजे वेम्ले रंगशालामा सुरु हुनेछ ।

उत्कृष्ट प्रदर्शन गर्दै चेल्सी यो सिजन प्रिमियर लिग च्याम्पियन बन्दा निराशाजनक प्रदर्शन गरेको आर्सनलले पाँचौ स्थानमा चित्त बुझाउनुपरेको थियो ।

तर, एफए कपको सबैभन्दा सफल टोली आर्सनललाई पराजित गर्न चेल्सीलाइ त्यति सहज भने हुने छैन ।

आर्सनलले म्यानचेस्टर युनाइटेडसँगै सर्वाधिक १२ पटक एफए कपको उपाधि जितेको छ । चेल्सीले हालसम्म ६ पटक एफए कपको उपाधि चुमेको छ ।

सेमिफाइनलमा आर्सनलले म्यानचेस्टर सिटी तथा चेल्सीले टोटनहाम हट्स्परलाई पराजित गर्दै उपाधि भिडन्त पक्का गरेका हुन् ।