२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


प्रधानमन्त्री कप क्रिकेटमा एपीएफ र पश्चिमाञ्चल मैदानमा


0
Shares

समुह ए को पहिलो खेलमा अहिले सशस्त्र प्रहरीको एपीएफ टिम र पश्चिमाञ्चल भिडिरहेका छन् ।

कीर्तिपुर मैदानमा आज बिहान पश्चिमाञ्चलले टस जितेर फिल्डिङ रोजेपछि एपीएफले पहिले ब्याटिङ गरीरहेको छ ।

ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको एपिएफ टिममा सुवास खकुरेल, पृथु बास्कोटा, प्रदिप ऐरी, सन्दीप जोहोरा, यज्ञमान कुमाल, आसीफ शेख, सन्दीप सुनार, भुवन कार्की, अविनाश बोहोरा र अनिल शाह रहेका छन् ।

यो समुहमा एपीएफ र पश्चिमाञ्चलसँगै मध्यपश्चिमाञ्चल र मध्यमाञ्चल पनि रहेका छन् । यसअघि समुह बी बाट त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लव सेमिफाइनलमा पुगिसकेका छन् ।