
२८ जिल्लाको सहभागिता रहेको प्रतियोगितामा १४ जिल्लाले स्याङ्जामा र १४ जिल्लाले पाल्पामा सहभागिता जनाउँदैछन् ।
स्याङ्जामा भएका पहिलो दिनका खेलमा स्याङ्जाले धनकुटालाई १३–१ को फराकिलो अन्तरमा पराजित गर्यो । सावित्रा भण्डारी एक्लैले ९ गोल गरिन् ।
मंगलबारै बाँके र सुनसरीबीचको खेल गोलरहित बराबरीमा सकियो । त्यस्तै, रौतहटले पाँचथरलाई १५-० ले हरायो ।
पाल्पामा भएको खेलमा झापाले दाङलाई ९–० ले, काठमाडौंले मकवानपुरलाई २–० ले तथा कन्चनपुरले भोजपुरलाई १–० ले हरायो ।
प्रतिक्रिया दिनुहोस्