२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


खोटाङमा भूकम्पप्रभावित किसानका लागि कृषि औजार वितरण सुरु


0
Shares

खोटाङमा रातो परिचयपत्र प्राप्त भूकम्पप्रभावित किसानलाई ९० प्रतिशतसम्म कृषि औजार तथा सामग्री वितरण गर्न थालिएको हो ।

सो कार्यालयले १७ ओटा मिनि टिलर, २१ ओटा थ्रेसर, ४५ ओटा कर्न सेलर मेसिन वितरण गरेको हो ।

यस्तै, ४५ थान थोपा सिँचाइ सामग्री, ६ ओटा पापा पम्प, कार्यालयले ३० ओटा प्लास्टिक पोखरीलाई भने ६० ओटा बनाएर वितरण गरेको छ ।

शतप्रतिशत अनुदानको ९ हजार थान ३२ लाख रुपैयाँ बराबरका तीन तह हर्मेटिक भन्डारण ब्यागका लागि भने बोलपत्र आह्वान गरिएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।