
व्यवस्थापिका–संसदको मंगलबारको बैठकमा उनीभन्दा अगाडि सम्बोधन गरेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उठाएका विषयको जवाफ दिँदै ‘एमालेले संसद चल्न नदिएकै कारण प्रधानन्यायाधीशमाथि लगाइएको महाअभियोग प्रस्ताव फिर्ता लिन नसकिएको’ बताए ।
सभापति देउवाले ‘मतपत्र च्यात्ने र निर्वाचन गराउने नजीर रहेको भन्दै अदालतमा पुगेको विषयमा बहस गर्न चाहन्नँ’–भने ।
देउवाले तराई–मधेसका नेतालाई लक्षित गरी धेरै प्रहार नगर्न आग्रह गर्दै हुलाकी राजमार्ग गिरिजाप्रसाद कोइरालाको पालामा सुरु गरेको र त्यसलाई निरन्तरता दिएकामा ओलीलाई धन्यवाद दिए ।
प्रदेश र संघीय संसदको निर्वाचन आउँदो माघ ७ गतेभित्र सम्पन्न गरिने भन्दै उनले आशंका नगर्न आग्रह गरे ।
प्रतिक्रिया दिनुहोस्