१९ असार २०८२, बिहिबार | Fri Jul 4 2025


मैत्रीपुर्ण फुटबल खेलमा फ्रान्सले इङ्गल्याण्डलाई हरायो


0
Shares

मंगलबार राती फ्रान्सको पेरिसमा भएको खेलमा १० खेलाडीमा सिमित घरेलु टोली फ्रान्स ३-२ ले विजयी भयो ।

खेलको सुरुमा इङ्गल्याण्डका ह्यारी केनले गोल गर्दै टोलीलाई अग्रता दिएपनि यो अग्रता टिक्न सकेन ।

फ्रान्सका स्यामुएल उम्तीती र जिब्रिल सिबिदीले एक एक गोल गर्दै घरेलु टोलीलाई अग्रता दिए ।

इङ्गल्याण्डका ह्यारी केनले पेनाल्टीमार्फत दोस्रो गोल गर्दै टोलीलाई खेलमा फर्काए पनि फ्रान्सका उस्मान डेम्बेलेले निर्णायक गोल गरे ।

मैत्रीपुर्ण फुटबलकै अर्को खेलमा कोलम्बियाले क्यामरुनलाई ४-० ले हराएको छ ।