Logo ७ पुस २०८२, सोमबार | Mon Dec 22 2025


नेपालमा अस्तित्वमा रहेका दुबै ओलम्पिक कमिटीले ओलम्पिक डे मनाए


0
Shares

अस्तित्वमा रहेका दुईओटा ओलम्पिक कमिटीले छुट्टाछुट्टै कार्यक्रम गरी ओलम्पिक डे मनाएका हुन् ।

राष्ट्रिय मान्यता प्राप्त ओलम्पिक कमिटीले शुक्रबार बिहान उपत्यकामा र्‍याली निकाल्यो भने अन्तर्राष्ट्रिय मान्यता प्राप्त ओलम्पिक कमिटीले एक सातादेखि विभिन्न खेलकुद प्रतियोगिताहरु आयोजना गर्‍यो ।

३० ओटा खेलका विभिन्न प्रतियोगिता, सचेतना कार्यक्रम, रक्तदान, डोपिङ कार्यक्रम भएका हुन् ।

अन्तिम दिन उमेर समूह तथा खुलापौडी प्रतियोगिता भयो । जसमा शंखमूलका अनुभव सुब्बाले तीन स्वर्णपदक प्राप्त गर्न सफल भएका छन् ।

त्यस्तै, लिंकनकी आयुश्मा तुलाधरले ५० मिटर बटरफ्लाई र फ्रिस्टायलमा गरी दुई स्वर्ण पाइन् ।

त्यस्तै, मोडर्न पेन्टाथलअन्तर्गत् लेसर रनको ११ देखि १२ वर्ष उमेर समूहको ब्वाइजमा आदर्श कार्कीले स्वर्ण जितेका छन् ।

लेसर रनकै १० देखि ११ वर्षको ब्वाइजमा सुनील थापा र गल्र्समा पलिस्ता महर्जन विजयी भए । लसेर रनमा दौड र सुटिङमा प्रतिस्पर्धा भएको थियो ।

त्यस्तै, भेट्रान टेबलटेनिस प्रतियोगिताको महिला खुला सिंगल्समा हीरा नकर्मी पहिलो भएकी छन् । हीराले फाइनलमा इन्दिरा पौडेल पराजुलीलाई पराजित गरिन् ।

प्रतियोगिताको ६० वर्षमाथि पुरुष सिंगल्समा गोवद्र्धन श्रेष्ठ, ४० वर्षमाथि पुरुष सिंगल्समा राजेन्द्र बज्राचार्य, ५० वर्षमाथि पुरुष सिंगल्समा सुरेश बज्राचार्य पहिलो भए ।