Logo ७ पुस २०८२, सोमबार | Mon Dec 22 2025


इङ्ल्यान्डसँग दक्षिण अफ्रिकाको ३ रनको रोमाञ्चक जित,अर्को खेलमा बर्षा बाधक


0
Shares

१ सय ७५ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्ड २० ओभरमा ६ विकेट गुमाएर १ सय ७१ रनमै सिमित भएपछि दक्षिण अफ्रिकाले ३ रनको रोमाञ्चक जित हात पारेको हो ।

इङ्ल्यान्डका ज्यासन रोयले ६७ रन बनाए पनि टिमलाई जिताउन सकेनन् । यस्तै जानी बेयरस्टोले ४७ रन बनाए । दक्षिण अफ्रिकाका क्रिस मोरिसले दुई विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले एभिडि भिल्लियर्सको ४६ र जेजे स्मुट्सको ४५ रनको मद्दतमा २० ओभरमा १ सय ७४ रन बनाएको थियो ।

यो जितसँगै तीन ट्वेन्टी–ट्वेन्टी शृङ्खलामा दक्षिण अफ्रिकाले १-१ को बराबरी गरेको छ ।

यस्तै वेष्टइण्डिज र भारतबीचको एकदिवसीय क्रिकेट पानी परेपछि अवरुद्ध भएको छ ।

पहिले ब्याटिङ गरेको भारतले ३९ ओभर ३ बलमा ३ विकेट गुमाएर १ सय ९९ रन बनाएको अवस्थामा वर्षाका कारण खेल रोकिएको हो ।