Logo ९ बैशाख २०८३, बुधबार | Wed Apr 22 2026


पोर्चुगल र मेक्सिको कन्फेडेरेसन कपको सेमिफाइनलमा प्रवेश


0
Shares

रुसमा जारी प्रतियोगिता अन्तर्गत शनिबार राति भएको खेलमा ओसियाना समुहको च्याम्पियन न्युजिल्याण्डलाई ४-० ले हराउँदै पोर्चुगल सेमिफाइनलमा पुगेको हो ।

खेलमा पर्चेुगललाई विजयी गराउन क्रिस्चियानो रोनाल्डो, बर्नार्डो सिल्भा, आन्द्रे सिल्भा र नानीले एक–एक गोल गरे ।

जितसँगै पोर्चगलले समुह विजेताको रुपमा सेमिफाइनलमा ठाउँ बनाएको हो ।

शनिबार नै भएको अर्को खेलमा आयोजक रुसलाई २-१ ले हराउँदै उत्तर अमेरिका तथा क्यारेबियन समूहको च्याम्पियन मेक्सिको पनि सेमिफाइनलमा पुगेको छ ।

खेलमा मेक्सिकोलाई विजयी गराउन नेस्टर आरायो र हिर्भीङ लुजानोले एक–एक गोल गरे ।

कन्फेडेरेसन कप फुटबलमा आज पनि दुई खेल हुनेछन् । आज जर्मनीले क्यामरुनसँग खेल्दा चिली र अष्ट्रेलिया भिड्नेछन् ।