प्रतियोगितामा अपराजित रहेको नेपाल स्ट्रोमले सोमबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा इन्डियन स्टार्सलाई निराश पारेको हो ।
खेलमा टस जितेर नेपाल स्ट्रोमले फिल्डिङ रोजेसँगै पहिले ब्याटिङ गरेको इन्डियन स्टार्सले निर्धारित् २० ओभरमा ३ विकेट गुमाउँदै १७२ रन बनाएको थियो ।
जवाफमा १७३ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको नेपाल स्ट्रोमले १६ दशमलव २ ओेभरमा ६ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो ।









प्रतिक्रिया दिनुहोस्