Logo ७ पुस २०८२, सोमबार | Mon Dec 22 2025


कन्फेडेरेसन कप फुटबलको पहिलो सेमिफाइनल आज, पोर्चुगल र चिली भिड्ने


0
Shares

आज हुने खेलमा युरोपियन च्याम्पियन पोर्चुगलले ल्याटिन अमेरिकी च्याम्पियन चिलीसँग खेल्नेछ । समुह चरणका सबै तीन खेलमा अपराजित रहेको पोर्चुगल समुह विजेताको रुपमा सेमिफाइनलमा पुगेको हो भने चिली अर्को समूहको उपविजेताको रुपमा सेमिफाइनलमा पुगेको हो ।

आजको खेलमा पोर्चुगलका क्रिश्चियानो रोनाल्डो तथा चिलीका अलेक्सीस सान्चेज र अर्टुरो भिडालको प्रदर्शन निर्णायक बन्नसक्छ ।

प्रतियोगिताको दोस्रो सेमिफाइनलमा भोलि विश्व विजेता जर्मनीले उत्तर अमेरिका तथा क्यारेबियन समूहको विजेता मेक्सिकोसँग खेल्नेछ ।