Logo ७ पुस २०८२, सोमबार | Mon Dec 22 2025


मेक्सिकोलाई पराजित गर्दै जर्मनी फाइनलमा, उपाधिका लागि चिलीसँग भिड्ने


0
Shares

रुसमा जारी प्रतियोगिताअन्तर्गत गएराति भएको दोस्रो सेमिफाइनलमा जर्मनीले मेक्सिकोलाई ४–१ ले पराजित गरेको हो ।

खेलमा जर्मनीलाई विजयी गराउन लियोन गोरेत्ज्काले दुई गोल गरे भने टिमो वेर्नर र अनि युनुसले एक–एक गोल गरे ।

पराजित टोली मेक्सिकोका मार्को फाबियानले एक सान्तोना गोल गरेका थिए ।

जितसँगै जर्मनीले चिलीविरुद्ध उपाधि भिडन्त तय गरेको छ । पहिलो सेमिफाइनलमा पोर्चुगललाई टाईब्रेकरमा हराउँदै चिली फाइनलमा पुगेको थियो ।