Logo ९ बैशाख २०८३, बुधबार | Wed Apr 22 2026


१३औं ‘साग’को तयारीका लागि निर्माण तथा तयारी समिति गठन


0
Shares

विभिन्न कार्यक्षेत्र तोकी गठन गरिएको समिति ७ सदस्यीय रहेको छ ।

समितिलाई समावेश गरिने खेलहरुको खेल पूर्वाधारसम्बन्धी रंगशाला, कभर्डहल, सेमिकभर्डहल र खेल मैदानहरु यकिन गरी सोको निर्माण लागतसहितको विवरण परिषदमा पेस गर्ने जिम्मेवारी तोकिएको छ ।

त्यस्तै, सागका लागि तयार गर्नुपर्ने नारा, गीत, लोगो, मस्कटलगायत अतिआवश्यक कार्यका लागि प्रक्रिया अगाडि बढाउने जिम्मासमेत पाएको समितिले सरकारले गठन गरेको साग तयारी तथा व्यवस्थापन समितिसँग समन्वय गर्नुपर्नेछ ।

नेपालले १३औं साग आयोजना गर्ने जिम्मा पाएको डेढ वर्षमामात्र बल्ल खेलकुद परिषदलाई तातो लागेको हो ।