२९ श्रावण २०८२, बिहिबार | Thu Aug 14 2025


बालाजुको डान्सबारबाट १९८ जना युवायुवती पक्राउ


0
Shares

महानगरीय प्रहरी वृत्त बालाजुका प्रमुख, प्रहरी नायब उपरीक्षक सन्तोष तामाङले पक्राउपर्नेमा कक्षा ८ देखि १० जोड दुई पढ्ने विद्यार्थी रहेको जानकारी दिए । पक्राउपर्ने १५८ युवा र ४० युवती रहेका छन् ।

पक्राउ परेका अधिकांशले मादकपदार्थ र धूमपान सेवन गरेको भेटिएको उनले जानकारी दिए ।

उनले भने–‘सांगीतिक कार्यक्रममा सहभागी हुन त पाइन्छ तर विकृतरुपमा यसलाई प्रयोग गरेको पाइयो ।’

मादकपदार्थ सेवन गरेर होहल्ला गरेको उजुरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

उनीहरुले सो डान्सबार भाडामा लिएर ‘डान्स पार्टी’को आयोजना गरेको भेटिएको छ । रासस