२९ श्रावण २०८२, बिहिबार | Thu Aug 14 2025


सुस्त र अपाङ्गता भएकी बालिकालाई करणी गर्ने एकजना पक्राउ


0
Shares

सुस्त र अपाङ्गता भएकी १२ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा नुवाकोटका २९ वर्षीय रेशम तामाङलाई प्रहरीले पक्राउ गरेको हो । तामाङले बेँसीसहर–१ मा बस्दै आएकी बालिकालाई सोमबार बिहान जबर्जस्ती करणी गरेका हुन् ।

घटनास्थलबाटै पक्राउमा परेका तामाङले जबर्जस्ती करणी गरेको स्वीकार गरेको प्रहरी नायब उपरीक्षक समिरचन्द्र खरेलले बताए ।

घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रनाउ खरेलले बताए । (रासस)