बरुण बेभरेजको प्रायोजनमा रोयल नेपाल गल्फ क्लवले आयोजना गर्ने प्रतियोगितामा देशभरका एमेच्योर गल्फ खेलाडीले सहभागिता जनाउनेछन् ।
एकै दिन दुई सत्रमा सञ्चालन हुने प्रतियोगितामा अधिकतम १ सय २० खेलाडी समावेश गर्न सकिने आयोजकले जनाएको छ ।
प्रतियोगितामा पुरुष, महिला, जुनियर, सिनियर र सुपर सिनियर गरी ५ विधा समावेश गरिएको छ ।
स्टेबल फोर्ड ढाँचामा खेलाईने प्रतियोगितामा देशभरका जुनसुकै गल्फ क्लवका एमेच्योर गल्फरहरुले सहभागिता जनाउन पाउनेछन् ।
वरुण बेभरेजले अघिल्लो वर्षदेखि पेप्सी ओपन गल्फ प्रतियोगिता आयोजना गर्दै आएको छ ।





प्रतिक्रिया दिनुहोस्