साबिक विजेता बेलायती मुर्रेले तेस्रो चरणको खेलमा इटालीका फाबियो फोग्निनीलाई हराएर अन्तिम १६ मा स्थान बनाएका हुन् ।
मुर्रेले फोग्निनीलाई ६–२, ४–६, ६–१ र ७–५ को सेटमा हराए । यस्तै दुई पटकका विजेता स्पेनिस नाडालले रुसका कारेन खाचानोभलाई सोझो सेटमा हराउँदै अन्तिम १६ मा स्थान बनाएका हुन् ।
नाडालले खाचानोभलाई ६–१, ६–४ र ७–६ को सेटमा हराए । नवौं बरियताका जापानी केइ निशिकोरी भने प्रतियोगिताबाट बाहिरिएका छन् । स्पेनका रोबर्टो बाउटिस्टासँग पराजित भएपछि निशिकोरी बाहिरिएका हुन् ।





प्रतिक्रिया दिनुहोस्