Logo ७ पुस २०८२, सोमबार | Tue Dec 23 2025


जोकोविच र फेडेरर विम्बल्डन टेनिसको अन्तिम १६ मा


0
Shares

फेडेररले २७ औं बरियताका मिशा जेवेरेवलाई हराएर अन्तिम १६ मा स्थान बनाएका हुन् ।

स्विस फेडेररले जर्मन जेवेरेवलाई ७-६, ६-४ र ६-४ को सोझो सेटमा हराएका हुन् ।

यस्तै दोस्रो बरियताका जोकोविचले अर्नेस्ट्स गल्बिसलाई हराएर अन्तिम १६ मा स्थान पक्का गरेका हुन् ।

सर्बियाका जोकोविचले लात्भियाका गल्बिसलाई ६-४, ६-१ र ७-६ को सेटमा हराएका हुन् ।

अन्तिम १६ मा फेडेररले बुल्गेरियाका ग्रिगोर दिमिट्रोभ तथा जोकोविचले एड्रिएन म्यानारिनोसँग खेल्ने छन् ।