ग्रेटर नोयडाको मैदानमा आइतबार भएको अभ्यास खेलमा नेपालले आरपी सिंह एकेडेमीलाई ६० रनले हरायो ।
टस जितेर पहिले ब्याटिङ्ग गरेको नेपालले केही खराब खेल्ने क्रममा ४५ ओभर २ बलमै अलआउट हुँदै एक सय ७६ रन बनायो । सन्दीप सुनारले ४६ तथा दीपेन्द्र सिंह ऐरीले ३९ रन बनाएको इनिङ्गमा हर्षित सेथीले ४ विकेट लिए ।
जवाफमा नेपालले झन् कसिलो बलिङ्ग गरेपछि आरपी सिंह एकेडेमी ३२ ओभर ५ बलमै एक सय १६ रनमा अलआउट भयो ।
आठ खेलाडीले दोहोरो अंकसमेत जोड्न नसकेको इनिङ्गमा पवन सर्राफ र शहाब अलामले ३÷३ तथा सन्दीप लामिछानेले २ विकेट लिए ।
नेपालले अब अर्को अभ्यास खेल मंगलबार खेल्नेछ ।





प्रतिक्रिया दिनुहोस्