२९ श्रावण २०८२, बिहिबार | Thu Aug 14 2025


निर्वाचित वडासदस्यको हत्या, श्रीमतीको हत्या गरेको श्रीमान्ले ‘स्वीकारे’


0
Shares

पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर–७ जाङकी दलित महिला सदस्य २७ वर्षीया बयानसरी कामीको आफ्नै घरमा हत्या भएको प्रहरीले जनाएको छ ।

हत्याको आरोपमा प्रहरीले उनकै श्रीमान् ३८ वर्षीय तेजबहादुरलाई पक्राउ गरेको छ ।

बयानसरी नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार भएर सो वडाको दलित महिला सदस्यमा विजयी भएकी थिइन् । बयानसरीले उम्मेदवारी दर्ता गरेदेखि नै श्रीमान्–श्रीमतीबीच झगडा हुँदै आएको स्थानीयवासीले जानकारी दिएका छन् ।

श्रीमतीको हत्या आरोपमा पक्राउ परेका तेजबहादुरले आफूले खुकुरी प्रहार गरेर श्रीमतीको हत्या गरेको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक थम्मनबहादुर रजालीले जानकारी दिए ।

थप अनुसन्धानका लागि तेजबहादुरलाई जिल्लामा ल्याइँदैछ भने बयानसरीको शव परीक्षणका लागि जिल्ला अस्पताल सल्लेमा पुर्‍याएको प्रहरी निरीक्षक रजालीले बताए । रासस