२९ श्रावण २०८२, बिहिबार | Thu Aug 14 2025


 श्रीमतीको टाउको छिनाएर साइकलमा लिएर प्रहरीसमक्ष पुगे एक ब्यक्ति


0
Shares

स्थानीय अहमद अफताव बेडुवाले आफ्नै जेठी श्रीमती २३ बर्षिया फूलसन बेडुवाको टाउको काटेर इलाका प्रहरी कार्यालय कोहलपुरमा आत्मसमर्पण गरेका हुन् ।

घरायसी झगडाका कारण आफूले श्रीमतीको हत्या गरेको बयान उनले प्रहरी समक्ष दिएका छन् ।

झारफुक गर्न जाने भन्दै ७ महिनाकी दूधे बालिका बोकेर घरबाट निस्किएका अहमदले बाटोमै श्रीमतीको घाँटी रेटेर हत्या गरी श्रीमतीको टाउकोलाई साइकलमा राखेर इलाका प्रहरी कार्यालय पुगेको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीले अहमदकी कान्छी श्रीमतीलाई पनि हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको जनाएको छ । दूधे बालिकालाई भने प्रहरीले उद्धार गरेको छ ।