Logo ७ पुस २०८२, सोमबार | Tue Dec 23 2025


मैत्रीपूर्ण फुटबलः नेपालले बंगलादेशलाई हरायो, विमलले गरे विजयी गोल


0
Shares

मंगलबार सातदोबाटोस्थित एन्फा कम्प्लेसको घरेलु मैदानमा नेपाल १–० ले विजयी भएको हो ।

नेपालका लागि कप्तान विमल घर्तीमगरले २०औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । खेलमा नेपालले गोल गर्ने आधादर्जन अवसर खेरफालेको थियो ।

युएईमा यही शनिबारदेखि हुने एएफसी च्याम्पियनसिप फुटबल छनोट चरणको तयारीका लागि नेपाल र बंगलादेशले मैत्रीपूर्ण अभ्यास खेल खेलेका हुन् ।

एएफसी च्याम्पियनसिपको समूह ‘डी’मा रहेको नेपालले शनिबार आयोजक युएईसँग खेल्नेछ । त्यस्तै, साउन २ गते उज्वेकिस्तान र साउन ४ गते लेवनानसँग खेल्नेछ ।

समूह ‘ई’मा रहेको बंगलादेशले भने जुलाई १९ देखि हुने छनोट खेलमा जोर्डन, ताजकिस्तान र प्यालेस्टाइनको सामना गर्नेछ ।

राजुकाजी शाक्यको मुख्य प्रशिक्षणमा रहेको नेपाली टोली बिहीबार युएई जाँदैछ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्