२९ श्रावण २०८२, बिहिबार | Thu Aug 14 2025


बसमा चारओटा पेट्रोलबम प्रहार, एकजना घाइते


0
Shares

काठमाडौंबाट बाँकेतर्फ जाँदै गरेको ना५ख ८९४८ नम्बरको बसलाई प्रहरीले स्कर्टिङ गर्नेक्रममा शिवराज नगरपालिका–१ धनखोलामा विप्लव माओवादीका कार्यकर्ताहरुले पेट्रोलबम प्रहार गरेको जनाइएको छ ।

बम प्रहारबाट बाँके, नरैनापुर गाउँपालिका–१ का ६५ वर्षीय कमरुदिन जोलहा घाइते भएका छन् ।

आक्रमणकारीले बसमा चारओटा पेट्रोलबम प्रहार गरेको वडा प्रहरी कार्यलय चन्द्रौटाका प्रहरी निरीक्षक झविन्द्र भटाराईले जानकारी दिए ।

बम प्रहार गर्नेहरुको खोजी भइरहेको पनि प्रहरीले जनाएको छ ।

विप्लव माओवादीले मंगलबार नेपाल बन्द आह्वान गरेको थियो । जसको केही जिल्लामा आंशिक प्रभाव परेको थियो ।