
माइतीघरमै पुगेर श्रीमती निर्मला राईलाई गम्भीर घाइते बनाएको अभियोगमा जन्तेढुंगा गाउँपालिका–३ काहुलेका ३६ वर्षीय केदार राईलाई प्रहरीले पक्राउ गरेको हो ।
माइतीघर खोटेहाङ गाउँपालिका–१ लिकुवापोखरीमा बसिरहेको अवस्थामा केदारले श्रीमतीलाई बुधबार घरेलु हतियारले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय खोटाङका डीएसपी नवीनकिशोर प्रधानले बताए ।
उनकाअनुसार आक्रमणबाट निर्मलाको टाउको पछाडि तीन ठाउँमा गहिरो चोट लागेको छ भने हातका औंला काटिएका छन् ।
श्रीमान्को आक्रमणबाट गम्भीर घाइते भएकी निर्मलाको प्राथमिक स्वास्थ्य केन्द्र चिसापानीमा उपचार भइरहेको छ । उनलाई अन्यत्र लैजाने तयारी पनि भइरहेको जनाइएको छ ।
निर्मला असार १३ गतेदेखि माइतीमा बस्दै आएकी थिइन् । राई दम्पत्तीका चार छोरी छन् ।
प्रतिक्रिया दिनुहोस्