२९ श्रावण २०८२, बिहिबार | Thu Aug 14 2025


२३ वर्षअघि हत्या गरेर फरार रहेका दुईजना समातिए


0
Shares

सर्वश्वसहित जन्मकैद सजाय भएका सप्तरी, महादेवा गाउँपालिका घर भइ काठमाडौं, धुम्बाराही डेरा गरी बस्ने सचिन्द्र यादव र ३५ वर्षीय कारी यादवलाई बालाजुबाट प्रहरीले बिहीबार पक्राउ गरेको हो ।

वि.सं. २०५१ फागुन २० गते राति पकरीचोक, सप्तरीमा रामलीला हेरी घरतर्फ फर्कंदै गरेका स्थानीयवासी जोगेन्द्र मण्डललाई वादविवादकाक्रममा कुटपिट तथा धारिलो हतियार प्रहार गरी हत्या गरिएको थियो ।

सो घटनामा संलग्न पाँच प्रतिवादीमध्ये हालसम्म फरार रहेका दुबैलाई ब्युरोको टोली पक्राउ गर्न सफल भएको हो ।

सो मुद्दामा सर्वोच्च अदालतको वि.सं. २०६२ चैत ७ गतेको फैसलाले दुबैजनालाई सर्वश्वसहित जन्मकैदको सजाय हुने ठहर गरेकामा पक्राउ परेका दुबैजनालाई फैसला कार्यान्वयनका लागि शुक्रबार काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको र अदालतको आदेशबमोजिम कैद भुक्तानका लागि केन्द्रीय कारागार कार्यालय सुन्धारा काठमाडौंमा पठाइएको छ । रासस