गत माघ ४ देखि १५ गतेसम्म पोखरा रंगशालामा भएको १५औं आहा–रारा गोल्डकपको आयव्यय सार्वजनिक गर्दै आयोजकले प्रतियोगिताबाट २७ लाख ७८ हजार रुपैयाँ बचत भएको जानकारी दिएको हो ।
शनिबार एक कार्यक्रमकाबीच प्रतियोगिताका आर्थिक संकलन उपसमिति संयोजक टीकाबहादुर कार्कीले कुल ९७ लाख १० हजार रुपैयाँ आम्दानीमध्ये ६९ लाख ३२ हजार खर्च कटाएर सो रकम बचत भएको जानकारी दिए ।
क्लबका अध्यक्ष वीरभद्र आचार्यले प्रतियोगिताबाट बचत भएको रकम सहारा एकेडेमी सन्चालन गर्न खर्च गरिने बताए ।





प्रतिक्रिया दिनुहोस्