Logo ७ पुस २०८२, सोमबार | Tue Dec 23 2025


सेनेगलको रंगशालामा झडप, पर्खाल भत्कँदा ८ जनाको ज्यान गयो


0
Shares

सेनेगलको राजधानी डकारमा रहेको डेम्बा दियोप रंगशालामा स्टेड डे एम्बोर र युनियन स्पोर्टिभ वाकमबीच लिग कप फुटबलको फाइनल खेल भइरहेको समयमा दुई विपक्षी समूहबीच झडप भएको थियो ।

झडप नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गर्दा भागदौड मच्चिएको बताइएको छ ।

अश्रुग्यासबाट बच्न सयौं समर्थकहरु एकैपटक कमजोर पर्खाल चढ्न खोज्दा पर्खाल भत्किएपछि सो घटना भएको हो ।

भागदौड मच्चिनुपूर्व अतिरिक्त समयमा सकिएको खेल स्टेड डे एम्बोरले २–१ गोलले जितेको थियो । (एजेन्सी)