समुह डी को पहिलो खेलमा आयोजक युसएईसँग ५्-० ले पराजित भएको नेपाललाई छनोटको सम्भावना जिवितै राख्न आजको खेल जित्नैपर्ने दबाब छ ।
नेपाल र उज्वेकिस्तानबिचको खेल नेपाली समयानुसार आज बेलुका ८ बजेर १० मिनेट जाँदा सुरु हुनेछ ।
पहिलो खेलमा लेबनानलाई ३-१ ले हराएको उज्बेकिस्तान विरुद्धको खेल नेपालको लागि सहज हुनेछैन ।
समुहको अंक तालिकामा पुछारमा रहेको नेपालले अब छनोटको सम्भावना कायम राख्न बाँकी दुई खेलमा ठूलो अन्तरको जित दर्ता गर्नुपर्ने हुन्छ ।
प्रतियोगिताको नियमावली अनुसार प्रत्येक समूहका शीर्ष टोली र ५ उत्कृष्ट उपविजेता टोली अन्तिम चरणका लागि छनोट हुन्छन् ।
२३ वर्ष मुनिको एएफसी फुटबल च्याम्पियनसिपको मुख्य प्रतियोगिता अर्को वर्ष चीनमा आयोजना हुनेछ ।





प्रतिक्रिया दिनुहोस्