१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


ब्राजिल विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश


0
Shares

काठमाडौं, असार १९ । ब्राजिल र बेल्जियम विश्वकप फुटबल २०१८ को क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

रुसको सामरा एरिनामा गएराति भएको खेलमा मेक्सिकोलाई २-० ले हराउँदै ब्राजिल क्वाटरफाइनलमा पुगेको हो ।

ब्राजिलको जितमा नेईमार र रोबर्टो फर्मीनोले एक एक गोल गरे । खेलको ५१ औं मिनेटमा विलियनको पासमा नेईमारले गोल गर्दैै बाजिललाई अग्रता दिए ।

दोस्रो हाफको ८८ औं मिनेटमा नेईमारको पासमा रोबर्टो फर्मीनोले एक गोल थप्दै ब्राजिलको जित पक्का गरे ।

जितसँगै ब्राजिलले क्वाटरफाइनलमा ठाउँ सुरक्षित गर्दा पराजित टोली मेक्सिको भने राउण्ड अफ सिक्सटिनबाटै घर फर्किएको छ ।

पाँच पटकको विश्वकप विजेता ब्राजिलले अब क्वाटरफाइनलमा बेल्जियमको सामना गर्नेछ ।