Logo ४ कार्तिक २०८३, बुधबार | Wed Oct 21 2026


कोरियामा नेपाली खेलाडीले जिते ५ स्वर्ण, ४ रजत र ६ कास्य पदक


0
Shares

-दीपक घिमिरे/ ईमेज

नेपालको प्रतिनिधित्व गर्दै कोरिया पुगेको नेपाली टोलीले जुलाई १३ देखि १८ तारिखसम्म सम्पन्न प्रतियोगितामा विश्वको ४१ राष्ट्रका २ हजार ४१ जना सहभागी खेलाडीहरुमा हेभेन्ली गार्डेनका खेलाडीहरुले उक्त पदक प्राप्त गरेका हुन् ।

शिक्षा सहित खेलकुद र सास्कृतिक कार्यक्रममा अब्बल रहेको हेभेन्ली गार्डेनले प्रतियोगितामा बिभिन्न पदक जितेर सिंगो नेपालको गरिमा उच्च राख्न सफल भएका छन् ।

त्यसै गरी ट्यालेन्ट सो प्रतियोगितामा हेभेन्ली गार्डेनका खेलाडीहरुले ११ राष्ट्रका खेलाडीहरुलाई पछि पार्दै आफ्नो नृत्य प्रस्तुती मार्फत प्रथम स्थान हासिल गरी ग्रयाण्ड प्राइज प्राप्त गर्न सफल भएको क्याम्पसकी प्रिन्सिपल रचना क्षेत्रीले बताइन् ।

korea2

उक्त प्रतियोगितामा पहेलो बेल्ड तर्फ ८ बर्ष मुनिको स्पाईरिङ्ग र पुम्से तर्फ आर्यन पौडेलले स्वर्ण पदक जितेका छन् । त्यसैगरी १० बर्ष मुनिको महिला स्पाईरिङ्ग तर्फ सेले पौडेलले स्वर्ण पद जितेकी छन् ।

निलो बेल्ड अन्तरगत १३ बर्ष मुनिको पुरुष तर्फको स्पाईरिङ्ग तर्फ गौरब कुमार यादवले स्वर्ण पदक जितेका छन् ।

त्यस्तै बेल्याक बेल्ट अन्तरगत ४४ बर्ष मुनिको पुम्से तर्फ कोशिस बहादुर खड्काले स्वर्ण पदक जितेका छन् ।

त्यसैगरी रजत पदक जित्ने खेलाडीहरुमा केसु गुरुङ, सेली पौडेल, सोमिल श्रीवास्तव, युनिसा न्यौपाने रहेका छन् ।

त्यसैगरी कास्य पदक जित्ने खेलाडिहरुमा फ्लोरा खड्का, केसु गुरुङ, गौरबकुमार यादव, सोमल श्रीवास्तब, सुरेस कुमार जयसवाल र कोसि बहादुर खड्का रहेको टिम नेता क्षेत्रीले जनाए ।

११ आँै विश्व तेक्वान्दो सास्कृतिक एकस्पोमा सहभागी हुन नेपालको तर्फबाट हेभेन्ली गार्डेन किड्स क्याम्पसका ७ खेलाडी सहित १२ जनाको टोली कोरियाको मुजु गएका थिए । उक्त टोली १२ जुलाईमा कोरिया प्रस्थान गरेको थियो ।

टोलीको नेतृत्व गर्दै टीम हेड रचना क्षेत्री, टिम म्यानेजर द्वय पवन कुमार क्षेत्री, रेखा शर्मा ढकाल, कोच कोशिष खडका, ट्रेनर सुरेश कुमार जयसवाल, खेलाडीहरु सोमिल श्रीवास्तव, गौरव कुमार यादव, आर्यन पौडल, शेली पौडल, फ्लोरा खड्का, केसु गुरुङ, युनिसा न्यौपाने सहित काडमाण्डौका ५ जना खेलाडी रहेका थिए ।

विगतका अन्तराष्ट्रिय प्रतियोगितामा पनि हेभेन्ली गार्डेनले निरन्तर रुपमा सहभागिता जनाउदै पदक हासिक गर्न सफल भएको थियो ।

यस अघि मलेसियामा भएको प्रतियोगितामा पनि बिभिन्न पदक प्राप्त गर्न सफल भएको थियो ।

korea3

Skip This