सोमबार आयोजित कार्यक्रममा १२ जिल्लाका २२५ सितोरियो कराँतेका खेलाडीलाई पाँच दिनसम्म प्रशिक्षण दिएर दीक्षित गरिएको संयोजक ऋषिराम पौडेलले जानकारी दिए ।
खेलाडीलाई सितोरियो कराँते प्रदेश नम्बर–५ का प्रमुख प्रशिक्षक महेशकुमार श्रेष्ठले दीक्षित गरेका थिए ।
कार्यक्रममा सुनवलका मेयर भरत थापाले सुनवलमा विभिन्न खेलका प्रतिभा रहेको भन्दै उनीहरुको खोजीका लागि हरेक वडामा खेल मैदान र नगरमा एउटा सुविधा सम्पन्न कभर्डहल बनाइने प्रतिबद्धता व्यक्त गरे ।





प्रतिक्रिया दिनुहोस्