किटीले ५० मिटर ब्रेस्टस्ट्रोकमा स्वर्ण पदक जितेका छन् । हंगेरीको बुडापेस्टमा गएराति भएको फाइनलमा २५ दशमलव ९९ सेकेन्डमा दूरी पूरा गर्दै एडम पिटीले स्वर्ण जितेका हुन् ।
सेमिफाइनलमा भने उनले २५ दशमलव ९५ सेकेन्डमा पौडी पूरा गरेर आफैंले यसअघि बनाएको कीर्तिमान तोड्दै नयाँ कीर्तिमान बनाएका थिए ।
साविक विजेता पिटीले उपाधि रक्षा गरे पनि सेमिफाइनलमा बनाएको विश्व कीर्तिमानमा सुधार गर्न सकेनन् ।
५० मिटर ब्रेस्ट स्ट्रोकमा ब्राजिलका हुँवा गोमेजले रजत तथा दक्षिण अफ्रिकाका क्यामरोन भान डेर बुर्गाले कास्य पदक प्राप्त गरे ।
स्वर्ण पदक जितेका २२ वर्षे पिटीले यसअघि बुडापेस्टमा सोमबार एक सय मिटर ब्रेस्टस्ट्रोकमा पनि उपाधि जितेका थिए ।





प्रतिक्रिया दिनुहोस्