श्रीलंकाको गालेमा भएको खेलमा भारत ३०४ रनले विजयी भएको हो । ५५० रनको चुनौती पछ्याएको श्रीलंकाले शनिबार चौथो दिनमै अलआउट हुनेक्रममा २४५ रनमात्र बनाउन सक्यो ।
दिमुथ करुणारत्नेले ९७ रन बनाएको इनिङमा भारतका रविचन्द्रन आश्विन र रविन्द्र जडेजाले समान ३/३ विकेट लिए ।
यसअघि, भारतले पहिलो इनिङमा ‘म्यान अफ द म्याच’ शिखर धवनको १९० र चेतेश्वर पुजाराको १५३ रनको मद्दतले ६०० रन बनाएको थियो । श्रीलंकाका नुवन प्रदीपले ६ विकेट लिएका थिए ।
जवाफमा श्रीलंकाले २९१ रनमात्र बनाउन सकेको थियो । त्यसपछि भारतले कप्तान विराट कोहलीको अविजित १०३ रनको मद्दतले ३ विकेटको क्षतिमा २४० रन बनाउँदै इनिङ समाप्ती गर्दै ५५० रनको चुनौती दिएको हो ।
जितसँगै भारतले तीन खेलको शृंखलामा १–० ले अग्रता बनाएको छ ।





प्रतिक्रिया दिनुहोस्