नेपाली क्रिकेटको विवाद समाधान गर्न अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले तयार पारेको विधान पारित गराउन क्यानको विशेष साधारण सभा डाक्न लागिएको हो ।
भदौ पहिलो साता विशेष साधारणसभाले नयाँ विधान पारित गरेपछि क्रिकेट विवाद समाधान हुने अपेक्षा गरिएको छ ।
हिजो राजधानीमा बसेको क्यानको बैठकले सल्लाहकार समितिले तयार पारेको विधानलाई साधारण सभामा लैजाने निर्णय गरेको हो ।
क्यानका पूर्वअध्यक्ष विनयराज पाण्डेको संयोजकत्वमा गठित सल्लाहकार समितिमा निर्वाचित क्यानका वर्तमान अध्यक्ष चतुरबहादुर चन्द र महासचिव अशोकनाथ प्याकुरेल पनि सदस्य थिए ।
उनीहरुकै सहभागितामा नयाँ विधान तयार पारिएको हो ।
दुई हप्ता अघि नेपाल आएको आईसीसी टोलीले प्रस्तावित विधान साधारणसभाबाट पारित गराउन क्यानलाई निर्देशन दिएअनुसार साधारण सभा बोलाउन लागिएको हो ।
क्यानको साधारण सभाबाट यो विधान पारित भएपछि नेपाली क्रिकेटको विवाद समाधानको औपचारिक बाटो खुल्ने बताइएको छ ।





प्रतिक्रिया दिनुहोस्