सो अवसरमा उनीहरुबीच द्विपक्षीय हितका विषयमा छलफल भएको थियो । भेटवार्तापछि भ्रमण दललाई युद्ध कार्य निर्देशनालयबाट नेपाली सेनाबारे जानकारीमूलक ब्रिफिङ गराइएको सैनिक जनसम्पर्क निर्देशनालयले जानकारी दिएको छ ।
हककोे नेतृत्वमा २४ सदस्यीय भ्रमण नेपाल भ्रमणको सोमबार (हिजो) लागि काठमाडौं आएको हो ।
टोलीले नगरकोटस्थित सैनिक वार कलेज तथा पोखरास्थित पश्चिम पृतनाको निरीक्षण भ्रमण गर्ने छ ।
छिमेकी मित्रराष्ट्रका उच्चपदस्थ सैनिक अधिकारीको यस किसिमको भ्रमणले दुई देशबीचको सैनिक सम्बन्ध अझ सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने नेपाली सेनाले विश्वास लिएको छ । रासस










प्रतिक्रिया दिनुहोस्