बुधबार राती भएको फाइनलमा इङ्ल्यान्डको लिरभपुललाई पेनाल्टी सुट आउटमा हराउँदै एथ्लेटिकोले उपाधि जितेको हो ।
खेलमा एथ्लेटिकोका केईदी बारेले गोल गर्दै टोलीलाई अग्रता दिए ।
तर लिभरपुलका फर्मिनोले पेनाल्टी मार्फत एक गोल फर्काएपछि निर्धारित ९० मिनेटभित्र १-१ गोलको बराबरी भयो ।
यसपछि टाई ब्रेकरमा लिभरपुललाई ५÷४ ले हराउँदै एथ्लेटिको मड्रिडले उपाधि जितेको हो ।
प्रि सिजनमा खेलिएका मैत्रिपूर्ण खेलहरुमा लिभरपुलको यो पहिलो हार हो ।
प्रिमियर लिग फुटबल सुरु हुनुपूर्व लिभरपुलले अब स्पेनको एथ्लेटिक बिल्बाओविरुद्ध आयरल्याण्डको डब्लिनमा अन्तिम अभ्यास खेल खेल्नेछ ।





प्रतिक्रिया दिनुहोस्