Logo ८ पुस २०८२, मंगलबार | Tue Dec 23 2025


संरक्षकभूषण र मायंका च्याम्पियन


0
Shares

ललितपुरको सातदोबाटोस्थित अल नेपाल टेनिस एसोसियसनको टेनिस कोर्टमा शनिबार भएको फाइनलमा पहिलो र दोस्रो सेट क्रमशः ६–१ र ६–३ ले जितेका संरक्षकले तेस्रो सेटमा नेपाल नम्बर–२ प्रनभ खनाल चोटग्रस्त हुँदै खेल छाडेपछि उपाधि जितेका हुन् ।

प्रतियोगिताअन्तर्गत् १८ वर्षमुनिको महिला एकलतर्फ माहिका राणलाई हराउँदै मायंका राणा पहिलो भइन् ।

यस्तै, १६ वर्षमुनिको पुरुष एकलतर्फ प्रनभ खनाललाइ हराउँदै संरक्षकभूषण बज्राचार्य पहिलो हुँदा महिलातर्फ सलोनी तामाङलाइ पराजित गर्दै प्रेरणा कोइराला पहिलो भइन् ।

प्रतियोगिताअन्तर्गत् १२ वर्षमुनिको पुरुषतर्फ आर्यन गिरी पहिलो हुँदा प्रनभ मानन्धर दोस्रो भए ।

अल नेपाल टेनिस एसोसिएसनको आयोजनामा साउन १४ गतेदेखि सुरु भएको प्रतियोगितामा ८, ९, १०, १२, १४, १६ र १८ वर्षमुनि गरी कुल ८ विधामा महिला तथा पुरुष खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।