Logo ८ पुस २०८२, मंगलबार | Tue Dec 23 2025


आठौं अम्बिकाबहादुर क्षेत्री स्मृति खुल्ला जुडो शुक्रबारदेखि


0
Shares

सातदोबाटोस्थित लुम्बिनी हलमा हुने तीनदिने प्रतियोगिता नेपाल जुडो संघका पूर्वउपाध्यक्ष स्व. अम्बिकाबहादुर क्षेत्रीको स्मृतिमा गर्न लागिएको हो ।

प्रतियोगितामा पुरुष र महिलातर्फ समान ८/८ विधा समावेश गरिएको छ । यो प्रतियोगितालाई नयाँ राष्ट्रिय जुडो टोली छनोट प्रतियोगिताकोरुपमा लिइएको छ ।

साथै, यही प्रतियोगिताको पुरुष ९० केजीमुनिको तौल समूहमा प्रथम हुने खेलाडीले आगामी अक्टोबरमा ताजकिस्तानमा हुने पाँचौ अन्तर्राष्ट्रिय जुडो प्रतियोगितामा भाग लिन पाउनेछन् ।