Logo ३० बैशाख २०८३, बुधबार | Wed May 13 2026


रसुवा कारागारमा क्षमताभन्दा झन्डै पाँच गुणा कैदीबन्दी


0
Shares

भूकम्पले क्षति पुर्‍याएको कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखिँदा व्यवस्थापनमै समस्या भएको हो ।

भूकम्पले भत्किएको कारागार भवन अझै पुनर्निर्माण हुन सकेको छैन ।

जिल्ला अदालत रसुवाले पुर्पक्षका लाथि थुनामा राख्न आदेश दिएका तथा कैद भुक्तानी गरिरहेका भन्दा पनि बाहिरी जिल्लाबाट जेल परिवर्तन गरेर आएका कैदीबन्दीका कारण कारागार अस्तव्यस्त बन्दै गएको छ ।

२५ जनाको क्षमता रहेको कारागारमा अहिले ६ जना महिलासहित १ सय १५ जना कैदीबन्दी छन् ।

सरकारले कैदीबन्दीका लागि दिएको स्वास्थ्य सेवा, खेलकुदलगायतका सुविधाबाट समेत उनीहरु बञ्चित भएका छन् ।

भूकम्पले कारागार भवन ध्वस्त बनाएसँगै बन्दीलाई अस्थायी टहरामा राखिएको कारागार प्रशासनले जनाएको छ ।