१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


चूडामणि शर्माको थुनुवासम्बन्धी रिटमा शुक्रबार निर्णय आउने


0
Shares

न्यायाधीश दीपकराज जोशी, दीपककुमार कार्की, केदारप्रसाद चालिसे, शारदाप्रसाद घिमिरे र अनिलकुमार सिन्हाको बृहत् पूर्ण इजलासमा बुधबार सुनुवाइ सकेको हुनाले निर्णय शुक्रबार सुनाउन लागिएको हो ।

सो निवेदनमाथि गत आइतबार आयोगका तर्फबाट अधिवक्ताहरु परशुराम कोइराला तथा चेतनाथ घिमिरे र निवेदकका तर्फबाट अधिवक्ता ललित बस्नेतले बहस गरेका थिए ।

गत बुधबार सरकारका तर्फबाट महान्यायाधिवक्ता रमणकुमार श्रेष्ठ र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तर्फबाट अधिवक्ता बोर्णबहादुर कार्की, नरेन्द्रप्रसाद पाठक र यज्ञमूर्ति बन्जाडेले बहस गरेका थिए ।

शर्मालाई विशेष अदालतले पुर्पक्षका लागि थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएमुताबिक अहिले थुनामा राखिएको छ ।

सर्वोच्च अदालतको आदेशमा गत मंगलबारदेखि शर्मालाई न्यायिक हिरासतमा राखिएको छ ।

गत असार ४ गते न्यायाधीशद्वय चोलेन्द्रशम्शेर राणा र प्रकाश राउतको संयुक्त इजलासले शर्माको विशेष अदालतको मुद्दालाई यथास्थितिमा राखी सो मुद्दा पूर्ण इजलासमा पठाउन आदेश दिएको थियो ।

शर्माकी श्रीमती कल्पना उप्रेतीले विशेष अदालतलाई विपक्षी बनाइ शर्मालाई गैरकानुनीरूपमा थुनामा राखेको जिकिरसहित गत असार २७ गते बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दायर गरेक थिइन् ।

कर फर्छ्यौट आयोगका सदस्य सचिवसमेत रहेका शर्मामाथि एनसेललाई स्वामित्व बिक्री हुँदा पुँजीगत लाभकर नउठाइ उन्मुक्ति दिएको रु २१ अर्ब बराबरको रकम कर मिनाहा गर्न भूमिका खेलेकोलगायत आरोप लगाइएको छ । रासस