७ जेष्ठ २०८२, बुधबार | Wed May 21 2025


छोराको नाममा सम्पत्ति पास गर्नासाथ फुटपाथमा पुगे यी भारतीय अर्बपति


0
Shares

भारतीय संचारमाध्यमका अनुसार उनले आफ्नो छोराको नाममा सारा सम्पत्तिको स्वामित्व सुम्पिएपछि सामान्य जीवन बिताउन बाध्य हुनु परेको हो । कुनैबेला महँगो कार चढेर हिँड्ने उनी अचेल पैदल गल्ली गल्ली हिँड्न बाध्य हुनु परेको छ ।

रेमन्ड समूहसहित विजयपत सिंहानियाको सम्पूर्ण सम्पत्ति उनका छोरा गौतमको नाममा छ । केही अघि विजयपतले नै गौतमको नाममा सम्पूर्ण सम्पत्ति पास गरिदिएका हुन् । तर गौतमले पिताका लागि खर्चको प्रवन्धसमेत गर्न छोडेपछि पारिवारिक विवाद सार्वजनिक भएको हो ।

विजयपतका वकिलले गौतमविरुद्ध अदालतमा मुद्दा दायर गरेका छन् । विजयपतका साथ रहेको मोटर र चालकसमेत उनका छोरा गौतमले खोसेपछि विजयपतको दैनिक जीवन निकै कष्टकर भएको बताइएको छ । उनका लागि घर खर्चको प्रवन्धसमेत छोराले गरेका छैनन् ।

हाल विजयपतले दक्षिण मुम्बईको ग्रेण्ड पराडी सोशाइटीमा एउटा घर भाडामा लिएका छन् । (एजेन्सी)