२८ असार २०८२, शनिबार | Sun Jul 13 2025


सप्तरीको खाँडोखोलामा बाढी, बाँध भत्काएर बस्तीमा पस्यो (भिडियो)


0
Shares

बेपत्ता हुने व्यक्ति ६० वर्षीय डोमी यादव भएको जनाइएको छ ।

खाँडोखोलाले देउरीभरुवामा बाँध कटान गर्न थालेपछि नियन्त्रणका लागि नेपाली सेनासँगै काम गरिरहेका उनलाई माटोको ढिस्को खसेर पुरेको हो ।

यसैगरी, राजविराज नगरपालिकाको वडा नम्वर–१०, विरौल गाउँनजिक बाढीले बाँध भत्काउँदा डुमरी, शिवथान, देउरी भरुवाको बस्तीमा पानी पस्ने खतरा बढेको छ ।

दुई दिनयताको वर्षाले नदीमा पानीको सतह बढाएको छ भने खोलाको बाँध भत्कनेक्रम पनि जारी छ ।

बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन गर्न सप्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालको नेतृत्वमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका प्रमुखहरु देउरीभरुवा पुगेका छन् ।

भिडियो हेर्नुहोस्