फिफाले बिहीबार जारी गरेको नयाँ विश्व वरीयतामा नेपाल एक स्थान सुधार गर्दै १६९औं स्थानमा पुगेको हो ।
भारत एक स्थान तल झरेर ९७औं स्थानमा रहेको छ । दक्षिण एसियामा भने भारत अरुभन्दा अगाडि नै छ ।
भारतपछि दक्षिण एसियामा नेपालभन्दा अगाडि क्रमशः माल्दिभ्स १४२औं, अफगानिस्तान १५६औं र भुटान १६५औं स्थानमा रहेका छन् ।
त्यस्तै, नेपालभन्दा पछाडि बंगलादेश १८९औं, श्रीलंका १९७औं र पाकिस्तान २००औं वरीयतामा छन् ।
ब्राजिल एक स्थान सुधार गर्दै विश्व वरीयताको शीर्ष स्थानमा पुग्न सफल भएको छ । जर्मनी एक स्थान खस्कँदै दोस्रोमा झरेको छ । फिफाको तेस्रो वरीयतामा अर्जेन्टिना रहेको छ ।
यस्तै, स्वीट्जरल्यान्ड्स चौंथो, पोल्यान्ड पाँचौं, पोर्चुगल छैटौं स्थानमा रहेका छन् । सातौंदेखि १०औं स्थानसम्म क्रमशः चिली, कोलम्बिया, बेल्जियम र फ्रान्स छन् ।
यसपछि स्पेन, इटाली, इंग्ल्यान्ड, मेक्सिको छन् भने पेरु १५औं स्थानमा छ ।





प्रतिक्रिया दिनुहोस्