
१८ दिनदेखि अनशन बस्दा पनि माग पूरा नभएको भन्दै उनीहरुले तालाबन्दी गरेका हुन् ।
त्रिभुवन विश्वविद्यालयका सबै आंगिक क्याम्पसका प्रमुख, लेखा शाखा र प्रशासन शाखामा तालाबन्दी गरिएको आंगिक प्राध्यापक संघका अध्यक्ष शशीकुमार शर्माले जानकारी दिए ।
आंशिक प्राध्यापकले बिहीबारदेखि पठनपाठन पनि बहिस्कार गरेका छन् । आंशिकरुपमा अध्यापन गराउँदै आएकाहरुलाई करार नियुक्त गर्नुपर्नेलगायत माग राखेर आंशिक प्राध्यापकहरुले विभिन्न आन्दोलनका कार्यक्रम गर्दै आएका छन् ।
देशभर १२ सय ५० जना आशिंक प्राध्यापकहरु रहेका जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्